जेन–जी आन्दोलनपछि देउवा पहिलोपल्ट सार्वजनिक [तस्बिरहरु]

जेन–जी आन्दोलन पछिको प्रदर्शनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरुले देउवा दम्पतीमाथि सांघातिक आक्रमण गरेका थिए । त्यस क्रममा देउवाको घाँटी र गर्धनमा गहिरो चोट लागेको थियो ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

Deuba goes public for the first time after the Gen-G movement [Photos]

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा जेन–जी आन्दोलनपछि पहिलोपल्ट केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित भएका छन् ।

जेन–जी आन्दोलन पछिको प्रदर्शनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरुले देउवा दम्पतीमाथि सांघातिक आक्रमण गरेका थिए । त्यस क्रममा देउवाको घाँटी र गर्धनमा गहिरो चोट लागेको थियो । सेनाको ब्यारेकमै बसेर स्वास्थ्य उपचार गरेका देउवा केही दिनअघि मात्रै चुनदेवी क्षेत्रस्थित एक घर भाडामा लिएर बस्दै आएका थिए । उनी एक महिना ५ दिनपछि पहिलोपल्ट सार्वजनिक भएका हुन् । 

Deuba goes public for the first time after the Gen-G movement [Photos]

जेन–जी आन्दोलन र प्रदर्शनपछि पार्टी नेतृत्व छाड्न तीव्र दबाब परिरहेको छ । यसबीचमा संस्थापन इतरपक्षका एक समूहले विशेष महाधिवेशनका लागि हस्ताक्षर समेत गराएको छ । केन्द्रीय सदस्य मधु आचार्यका अनुसार नेतृत्व र नीति परिवर्तनका लागि ५२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर भइसकेको छ । उक्त हस्ताक्षर अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने,‘आजको बैठकमा सभापतिले आफ्नो धारणा राखेर सकेपछि हामीले बुझाउने तयारी गरेका छौं ।’

Deuba goes public for the first time after the Gen-G movement [Photos]

Deuba goes public for the first time after the Gen-G movement [Photos]

कान्तिपुर

Link copied successfully