मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजनाले डीआई पाइप खरिदमा अनियमितता गरेको सूचनापछि अख्तियारले मंगलबार साँझ निर्देशनालयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको हो ।
काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाअन्तर्गत अनामनगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
आयोजनाले डीआई पाइप खरिदमा अनियमितता गरेको सूचनापछि अख्तियारले मंगलबार साँझ निर्देशनालयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको हो ।
ठेकेदार र कर्मचारीको मिलेमतोमा खानेपानीका डीआई पाइप खरिदमा घोटाला गरेको आरोपमा अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ । २ किलोमिटर लम्बाई बराबरको डीआई पाइप हिनामिना गरेको आरोप कर्मचारीमाथि लागेको छ ।
कागजात नियन्त्रणमा लिएसँगै खरिद प्रक्रियामा संलग्न कर्मचारीहरु अनुसन्धान दायरामा तानिएका हुन् ।
