इजरायल पुगे अमेरिकी राष्ट्रपति ट्रम्प

प्यालेस्टिनी विद्रोही संगठन हमास र इजरायलबिच बन्दी साटासाट गर्ने सम्झौता कार्यन्वयन भएकै दिन ट्रम्प इजरायल पुगेका हुन् ।

आश्विन २७, २०८२

कान्तिपुर संवाददाता

US President Trump arrived in Israel

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन् । प्यालेस्टिनी विद्रोही संगठन हमास र इजरायलबिच बन्दी साटासाट गर्ने सम्झौता कार्यन्वयन भएकै दिन ट्रम्प इजरायल पुगेका हुन् ।

अन्तराष्ट्रिय संचारमाध्यम सीएनएनका अनुसार ट्रम्पले इजरायी प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित अन्य केही उच्च पदस्थ अधिकारीहरुलाइ भेटने कार्यक्रम रहेको छ । ट्रम्पले इजरायली संसदमा समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

हमासले बन्धक बनाएका इजरायली नागरिकहरुलाई ७ सय ३८ दिनपछि हस्तान्तरण सुरु गरेको हो । ट्रम्पकै अग्रसरताका कारण इजरायल र हमासबिचको द्वन्द्व हाललाइ टरेको छ भने बन्दी हस्तान्तरणको पेचिलो प्रक्रिया समेत सुरु भएको छ ।

गत बुधबार इजिप्टमा भएको वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारबाट बन्धक रिहा हुने बताएका थिए । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ ट्रम्पले लेखेका थिए, 'यसको अर्थ अब सबै बन्दीहरू चाँडै मुक्त हुनेछन् । इजरायलले आफ्नो सेना सहमतिको रेखासम्म फिर्ता गर्नेछ ।'

कान्तिपुर संवाददाता

Link copied successfully