विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा

हमासले विज्ञप्ति जारी गर्दै विपिनसहित चार जनाको गाजामा भएको इजरायली हवाई आक्रमणका क्रममा मृत्यु भएको दाबी गरेको छ ।

आश्विन २७, २०८२

होम कार्की

Hamas confirmed the death of Bipin Joshi, announced that the body will be sent to Israel today

काठमाडौँ — हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकका शव फिर्ता गर्ने घोषणा गरेको छ ।

हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ । फिर्ता गरिने चार बन्धकका शवमा जोशी र इजरायली नागरिकहरु गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् ।

हमासले अन्तर्राष्ट्रिय रेड क्रसको समन्वयमा सोमबार नै शवहरू इजरायली पक्षलाई हस्तान्तरण गरिने जनाएको छ।

इजरायली सुरक्षा अधिकारीहरूले पनि रेड क्रसमार्फत शवहरू प्राप्त गर्ने तयारी भइरहेको पुष्टि गरेका छन्।

होस्टेज एण्ड मिसिङ फोरमले हमासको यो कदमलाई 'पीडादायी तर महत्त्वपूर्ण' भनिएको छ । समूहले विज्ञप्तिमा भनेको छ, 'यी परिवारहरूले अन्ततः आफ्ना प्रियजनहरूको अन्तिम अवस्था थाहा पाउनेछन्, यद्यपि त्यो सत्य अत्यन्त कठोर छ ।'

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully