पूर्वसभामुख महरालाई सुन तस्करीको अभियोग पत्रसहित जिल्ला अदालत पेस

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वसभामुख एवं माओवादी नेता महरालाई सुन तस्करीको अभियोगमा पूरक मुद्दा पेस गरेको छ ।

आश्विन २७, २०८२

कान्तिपुर संवाददाता

District court submits charge sheet against ex-speaker Mahara for gold smuggling

काठमाडौँ — पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करीको अभियोग पत्रसहित काठमाडौं जिल्ला अदालत पेस गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वसभामुख एवं माओवादी नेता महरालाई सुन तस्करीको अभियोगमा पूरक मुद्दा पेस गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार महरालाई कैद सजाय तथा बिगो र जरिवाना दाबी गर्दै अभियोग पत्र पेस गरिएको हो । अदालतका अनुसार मुद्दा दर्ताको प्रकिया चलिरहेको छ ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा महरा आइतबार पक्राउ परेका थिए । सुन तस्करी प्रकरणमा उनलाई यसअघि उन्मुक्ति दिइएको थियो ।

कान्तिपुर

Link copied successfully