सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै

आइतबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको सर्वोच्चका प्रवक्ता तथा सहरजिष्टार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

The writ registration is being opened in the Supreme Court from Tuesday

काठमाडौँ — सर्वोच्च अदालतले यही असोज २८ गते मंगलबारदेखि रिट दर्ता खुला गर्ने भएको छ ।

आइतबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको सर्वोच्चका प्रवक्ता तथा सहरजिष्टार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । भदौ २४ गतेको प्रदर्शनको क्रममा आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट क्षतिका कारण बन्दी प्रत्यक्षीरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेकका सबै कार्य स्थगित भएको थियो ।  

२४ गतेको प्रदर्शनका कारण सर्वोच्च अदालत पूर्ण रुपमा जलेको थियो । सर्भर पनि जलेका कारण सर्वोच्चले न्यायिक प्रक्रिया रझकेको थियो । केही समयदेखि सर्वोच्चले भवन जले पनि पाल टाँगेर बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ थालेको थियो । जलेका सबै फाइलहरुको खोजी गरेपछि सर्वोच्चले रिटसहित केही निवेदन दर्ता सुरु गर्ने तयारी गरेको हो । 

यसैका लागि सर्वोच्चले केही दिनअघि नेपाल बार एसोसिएसन र महान्यायाधीवक्तासहित सरोकारवालासँग छलफल गरेको थियो । छलफलमा उनीहरुले सेवाहरु सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । सर्वोच्चले मूल भवन जलेपछि एनेक्सको भवनमा ४ वटा इजलास बनाएर सुनुवाइ सुरु गर्ने तयारी गरेको हो । केही समयमा नयाँ भवनमा पनि इजलास तयार गर्ने सर्वोच्चको तयारी छ ।

पूर्ण बैठकको यो निर्णय पछि अब संसद् विघटनसम्बन्धी, सरकार गठनविरुद्ध र सरकारका अन्य कामविरुद्धका रिट दर्ता हुने बाटो खुलेको छ । खासगरी एमाले संसद् विघटन र सुशीला कार्की सरकार गठनविरुद्ध रिट दर्तामा जाने तयारीमा छ ।

The writ registration is being opened in the Supreme Court from Tuesday  

कान्तिपुर संवाददाता

Link copied successfully