सोमबार बिहानै बन्धक फिर्ता लिन इजरायल तयार : सरकारी प्रवक्ता

‘सोमबार बिहानै हमासले जीवित रहेका सबै २० जना बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गर्ने आशा लिएको छौं,’ पत्रकार सम्मेलनमा उनले भनिन्,‘सीमापार गरेपछि उनीहरुलाई दक्षिण इजरायलको रईम सैन्य बेसमा लगिनेछ ।’

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

Israel is ready to take back the hostages on Monday morning: government spokesman

काठमाडौँ — इजरायलले सोमबार बिहानै हमासले बन्धक फिर्ता गर्ने बताएको छ । तेल अविवमा आयोजित पत्रकार सम्मेलनमा इजरायल सरकारकी प्रवक्ता शोश बेड्रोसियनले अब केही घण्टाभित्र सबै बन्धकहरूलाई फिर्ता पाउने बताइन् ।

‘सोमबार बिहानै हमासले जीवित रहेका सबै २० जना बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गर्ने आशा लिएको छौं,’ पत्रकार सम्मेलनमा उनले भनिन्,‘सीमापार गरेपछि उनीहरुलाई दक्षिण इजरायलको रईम सैन्य बेसमा लगिनेछ ।’

उनका अनुसार इजरायल शनिबार रातिदेखि नै आफ्ना बन्धकहरूलाई ग्रहण गर्न पूर्ण रूपमा तयार छ । उनले थपिन्, ‘मृतक बन्धकहरूको शव इजरायली झन्डाले छोपिएका कफिनमा राखी पहिचानका लागि फरेन्सिक संस्थानमा पठाइनेछ ।’

हमासको बन्धकमा हाल ४८ जना छन् । जसमा २० जना जीवित र २६ जना मृतक रहेको अनुमान गरिएको छ । विपिन जोशी र इजरायली नागरिकको अवस्था भने अज्ञात छ ।

कान्तिपुर

Link copied successfully