बालेन र सुदनविरुद्ध जाहेरी लिएर प्रहरीकहाँ पुग्यो नेविसंघको एक समूह

नेविसंघका अध्यक्ष शेर्पा भन्छन्- 'जाहेरी लिएर जाने साथीहरू नेविसंघकै भए पनि यो संस्थागत नभई व्यक्तिगत उजुरी हो ।'

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

A group of the United Nations went to the police with a complaint against Balen and Sudan

काठमाडौँ — नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ निकट एउटा समूह काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाल समूहका सुदन गुरुङविरुद्ध जाहेरी लिएर प्रहरीकहाँ पुगेका छन् ।

काठमाडौं प्रहरीका एसपी पवन भट्टराईले नेविसंघका अशोकसिंह विष्टसहितका युवा उजुरी लिएर आएको पुष्टि गरे ।

भदौ २३ र २४ को जेन-जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिमा बालेन र सुदन जिम्मवार भएको भन्दै उनीहरुले उजुरी लिएर पुगेका हुन् । नेविसंघले भने यस्तो उजुरी संस्थागत निर्णयका आधारमा नगरिएको बताएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले भने, 'उजुरी लिएर जाने साथीहरु नेविसंघकै भए पनि यो संस्थागत नभई व्यक्तिगत उजुरी हो ।'

यसअघि एमाले विद्यार्थी संगठन अनेरास्ववियु पनि मेयर बालेन र सुदनविरूद्ध जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको थियो । त्यसअघि आन्दोलनका मृतक परिवार तथा जेन–जी अभियन्ता सुदन गुरुङ ओली र लेखकविरुद्ध जाहेरी लिएर २० असोजमा काठमाडौं जिल्ला प्रहरी परिसर पुगेका थिए । प्रहरीले उक्त जाहेरी बुझेर पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको थियो । तर आयोगले भने फौजदारी घटनामा विस्तृत अनुसन्धान गरी अभियोजनसमेत गर्ने कार्य आयोगको कार्यक्षेत्रभित्र नपरेको भन्दै जाहेरी फिर्ता पठाएको थियो ।

कान्तिपुर

Link copied successfully