६ हजार ५१६ कैदीबन्दी* अझै फरार, ९ हजार ८ पक्राउ, फरारहरुको सूची सार्वजनिक

आइतबार फरार रहेकाहरुको सूचीसमेत सार्वजनिक गर्दै कारागार व्यवस्थापन विभागले फरार रहेकाहरुमध्ये ५ सय ४० जना भारतीय नागरिक र अन्य देशका १ सय ८ जना विदेशी नागरिक रहेको जनाएको छ ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

6 thousand 516 prisoners* still absconding, 9 thousand 8 arrested, list of absconders released

काठमाडौँ — भदौ २४ को प्रदर्शनका क्रममा देशभरका विभन्न कारागारमा आगजनी र तोडफोड गरी भागेका कैदीबन्दीमध्ये ६ हजार ५१६ कैदीबन्दी अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

आइतबार फरार रहेकाहरुको सूचीसमेत सार्वजनिक गर्दै विभागले फरार रहेकाहरुमध्ये ५ सय ४० जना भारतीय नागरिक र अन्य देशका १ सय ८ जना विदेशी  नागरिक रहेको जनाएको छ । तीमध्ये ५ हजार ८६८ जना नेपाली नागरिक रहेको विभागले जनाएको छ ।

यस्तै, हालसम्म ९ हजार ८ जना कैदीबन्दी पक्राउ परेको विभागले जनाएको छ ।

विभागको सूचना अनुसार भदौ २४ को प्रदर्शनका बेला देशभरका २८ कारागार र ९ वटा बाल सुधार गृहबाट कैदीबन्दी भागेका थिए । तीमध्ये भाग्ने क्रममा देशभर १० जनाको मृत्यु भएको थियो । कारागारमा रहेका १२ हजार ५८९ कैदीबन्दी र सुधारगृहबाट ९६४ जना भागेका थिए । 

*कारागार व्यवस्थापन विभागको सूची अनुसार अद्यावधिक गरिएको छ ।– सम्पादक

यस्तो छ फरारहरुको सूची :

कान्तिपुर

Link copied successfully