भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना माचादोलाई नोबेल शान्ति पुरस्कार

यस वर्ष पुरस्कारका लागि कुल ३३८ नामा दर्ता भएका थिए ।

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

Nobel Peace Prize to Venezuelan politician Maria Corina Machado

काठमाडौँ — यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना माचादोले पाएकी छिन् । 

नोबेल पुरस्कार प्रदान गर्ने समितिले माचादोबारे भनेको छ, 'अन्धकार फैलिँदै गएको समयमा पनि उनले लोकतन्त्रको ज्योति निभ्न दिएकी छैनन् ।' समितिले भेनेजुएलामा डेमोक्रेटिक शक्तिको नेतृत्वमा देखापरेकी माचाडोले ल्याटिन अमेरिकाको सबैभन्दा असाधारण नागरिक साहसको उदाहरण प्रस्तुत गरेको उल्लेख गरेको छ । 

सन् २०२५ को प्रतिष्ठित नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोस्थित नर्वेजियन नोबेल इन्स्टिच्युटमा बिहान ९:०० बजे घोषणा गरिएको थियो ।

यस वर्ष पुरस्कारका लागि कुल ३३८ नाम दर्ता भएका थिए, जसमा २४४ व्यक्ति र ९४ संस्थाहरू रहेका छन्। 

कान्तिपुर

Link copied successfully