जाँचबुझ आयोगले माग्यो देशभरका कारागारबाट बाहिरिएका कैदीको विवरण

नख्खु कारागारलाई रवि लामिछानेको नामै उल्लेख गरी जाँचबुझ समितिले लेख्यो पत्र

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

The Commission of Inquiry has asked for the details of the prisoners who have been released from prisons across the country

What you should know

काठमाडौँ — भदौ २३ र २४ को घटना जाँचबुझ समितिले नख्खु कारागारलाई पत्र लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित बाहिरिएका कैदीहरुको बारेमा विस्तृत विवरण माग गरेको छ ।समितिले २४ भदौमा उक्त कारागारबाट कति कैदीबन्दी बाहिरिएको हो ? कुन आधारमा रिहा गरिएको हो त्यसको विस्तृत विवरण र फरार भएको भए त्यसको पनि विवरण उपलब्ध गराइदिनु भनी पत्र लेखेको हो । 

जाँचबुझ आयोग स्रोतका अनुसार रास्वपाका सभापति लामिछानेको नामै उल्लेख गरी नख्खु कारागारलाई पत्र पठाइएको हो । त्यस्तै, उक्त दिन कारागारबाट कति क्षति भएको छ र कति कैदीहरु फर्केका छन् त्यसको विवरण पनि पठाउन भनेको छ । त्यस्तै, समितिले देशभरका कारागारबाट कति कैदीहरु बाहिरिएका हुन् त्यसको विवरण कारागार विभाग र गृह मन्त्रालयबाट उपलब्ध गराइदिनु भनि आयोगले पत्र लेखेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले नख्खुसहित देशभरका कारागारलाई पत्र लेखिएको बताए । उनले २३ र २४ गतेको आन्दोलनका क्रममा कुन कुन कारागारबाट कति कैदी फरार भएका हुन् र घटनाक्रमहरु पनि उल्लेख गरी विस्तृत विवरण पठाइदिन पत्र लेखिएको बताए । 

‘हामीले नख्खुसहित देशभरबाट विवरण माग गरेका छौँ । खासगरी २४ गतेका दिन के के भयो र त्यसक्रममा फरार भएका कति कैदीहरु कारागाार कति फर्के र कति फर्केनन् भन्ने विवरण पनि माग गरेका छौँ,’ शर्माले भने ‘घटनाक्रम एकिन गर्नुका साथै कैदीहरु कसरी बाहिरिए भनि अध्ययन र सुझाव दिनका लागि विवरण माग गरेका हौँ । ’

२४ भदौको घटनापछि करिब ६ हजार कैदी फरार छन् भने करिब ७ हजार कैदी फर्केका थिए । कतिपय कैदीहरु गम्भीर अपराधमा सजाय काटिरहेका पनि थिए ।

कान्तिपुर

Link copied successfully