जोखिम मोलेर काठमाडौं भित्रिए २६ सय यात्रु, बाहिरिए २२ सय

दसैंमा काठमाडौं छाडेका तीन लाखभन्दा बढी मानिस काठमाडौं भित्रन बाँकी छ ।

आश्विन १९, २०८२

विवेक पोख्रेल

Taking the risk, 2600 passengers entered Kathmandu, 2200 exited

काठमाडौँ — अविरल वर्षाका कारण आएको बाढी, पहिरोले राजधानी काठमाडौंलाई जोड्ने राजमार्ग तथा मुख्य सडक सबैजसो अवरुद्ध छन ।

तर, यो जोखिमबीच पनि पछिल्लो २४ घण्टामा ५ सय ४० सवारीसाधनमा २ हजार ६ सय ४८ जना यात्रु काठमाडौं प्रवेश गरेका छन् । ४ सय ६५ सवारीसाधनमा २ हजार २ सय ६४ जना बाहिरिएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दसैंमा काठमाडौं छाडेका तीन लाखभन्दा बढी मानिस काठमाडौं भित्रन बाँकी छ । अहिले काठमाडौं प्रवेश गर्ने सबै बाटो पहिरो र बाढीले बन्द छन् । सरकारले शनिबारदेखि सोमबारसम्म लामो दुरीका र काठमाडौैं भित्रने/बाहिरिने सवारी साधन सञ्चानलनमा रोक लगाइसकेको छ ।

सम्बन्धित समाचार 

वर्षाको विपद् : देशभर कहाँ कस्तो प्रभाव ? [लाइभ अपडेट]

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully