इलाम पहिरो [अपडेट] : मृत्यु हुनेको संख्या ३७ पुग्यो

इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आइतबार अपराह्न १ बजेसम्म ३७ जनाको मृत्यु भएको सूचना प्राप्त जानकारी दिइन् । 

आश्विन १९, २०८२

लक्ष्मी गौतम

Ilam Landslide [Update] : Death Toll Reaches 37

पाँचथर — शनिबार रातिदेखिको अविरल वर्षासँगै इलाममा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।  इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आइतबार अपराह्न १ बजेसम्म ३७ जनाको मृत्यु भएको सूचना प्राप्त जानकारी दिइन् । 

उनका अनुसार जिल्लाको सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङमा ५ जना, इलाम नगरपालिका ६ घोसमा ६ जना, माङ्सेवुङ गाउँपालिका १  मा ३ जना, देउमाई नगरपालिका ५ मा ८ माई जोगमाई गाउँपालिकामा ८ जना,सन्दकपुर गाउँपालिकामा ६ जना र फाकफोकथुम गाउँपालिकामा १ जनाको ज्यान गएको हो ।

 ज्यान गुमाएकामध्ये ११ जनाको पोस्टमार्टम गरिएको छ । पहिरोमा परी १७ जना घाइते रहेको र जसमध्ये ३ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पहिरोमा परी ४ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ । बेपत्ताको खोजीका लागि स्थानीयसँगै,सेना प्रहरी र सशस्त्रको टोली खटिरहेको छ ।

Ilam Landslide [Update] : Death Toll Reaches 37

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully