इलाम 'उच्च जोखिम'मा, भोलि ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक

इलाम जिल्ला अझै उच्च जोखिममा रहेकाले सम्भावित विपद्जन्य अवस्थाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न भन्दै सवारीसाधन सञ्चालनमा पूर्णतः रोक लगाइएको प्रशासनले जनाएको छ ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

Ilam at 'high risk', no vehicular movement till 7pm tomorrow

काठमाडौँ — बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, इलामले सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । 

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सूचना जारी गर्दै आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताएकी छन् । 

‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना समेतका आधारमा इलाम जिल्ला अझै उच्च जोखिममा रहेको हुँदा सम्भावित विपद्जन्य अवस्थाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न अर्को सूचना जारी नभएकासम्मका लागि’ भन्दै सोमबार बिहान ७ बजेसम्मलाई लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा पूर्णतः रोक लगाइएको भनिएको छ । 

 Ilam at 'high risk', no vehicular movement till 7pm tomorrow

इलामका विभिन्न ठाउँमा गएराति गएको पहिरोमा परेर २० भन्दा बढीको मृत्यु भएको छ भने विभिन्न ठाउँमा १२ जनाभन्दा बढी बेपत्ता छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully