भारी वर्षाका कारण वीपी राजमार्गमा सवारी सञ्चालनमा रोक

भकुन्डेबेँसी, धुलिखेल, बनेपातिर ठुलो पानी परिरहेकाले काठमाडौँबाट जानेलाई काभ्रेभन्ज्याङ्गमा र काठमाडौं आउने गाडीलाई मंगलटारमा रोकिएको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले बताए ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

Vehicular traffic on VP highway suspended due to heavy rains

काठमाडौँ — वीपी राजमार्ग भएर हिड्ने सवारी साधनलाई काभ्रेको मंगलटारमा रोकिएको छ।

भकुन्डेबेँसी, धुलिखेल, बनेपातिर ठुलो पानी परिरहेकाले काठमाडौँबाट जानेलाई काभ्रेभन्ज्याङ्गमा र काठमाडौं आउने गाडीलाई मंगलटारमा रोकिएको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले बताए ।

उनका अनुसार वर्षा कम नहुँदासम्म सवारी सन्चालन गर्न दिइने छैन । यो मार्ग भएर दसैँको बेला दैनिक करिब १० हजार सवारीसाधन ओहोर दोहोर गर्छन् ।

कान्तिपुर

Link copied successfully