असोज १८ गते बिहान ९ बजेदेखि असोज २० गतेसम्म बीपी राजमार्गअन्तर्गत काभ्रे भञ्ज्याङ–भकुण्डेबेंसी–सिन्धुली सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।
काभ्रे — असोज २० गतेसम्म बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको छ।
शनिबार बसेको जिल्ला सुरक्षा समिति काभ्रेको बैठकले गरेको निर्णय अनुसार, असोज १८ गते बिहान ९ बजेदेखि असोज २० गतेसम्म बीपी राजमार्गअन्तर्गत काभ्रे भञ्ज्याङ–भकुण्डेबेंसी–सिन्धुली सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।
'वर्षा र बाढीपहिरोबाट सवारीसाधन र यात्रुहरूलाई हुन सक्ने जोखिम कम गर्न २०८२ असोज १८ गते बिहान ९ बजेदेखि असोज २० गते सोमबारसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडकखण्डमा आवतजावत गर्ने सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनको आवागमन निषेध गरिएको छ,' प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भने ।
उनले यात्रामा निस्किएका यात्रुहरूलाई सुरक्षित स्थानमा रहन आग्रह रेका छन् । यस्तै बीपी राजमार्गबाट यात्रा नगरिदिन र अत्यावश्यक काम बाहेक आफ्नो निवासबाट ननिस्किन अनुरोध गरेका छन् ।
