वर्षासँगै हावाहुरीले रुख ढालेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध 

रौतहटको चन्द्रनिगाहपुर-बाग्मती खण्डको जंगलमा रुख ढलेपछि गाडी रोकिएका हुन् ।

आश्विन १८, २०८२

शिव पुरी

The east-west highway was blocked after the storm brought down trees along with the rain

रौतहट — लगातारको वर्षासँगै चलेको हावाहुरीले रुख ढालेपछि शनिबार साँझदेखि पूर्व-पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ । रौतहटको चन्द्रनिगाहपुर-बाग्मती खण्डको जंगलमा रुख ढलेपछि गाडी रोकिएका हुन् ।

राजमार्गछेउको सालको रुख ढलेर साँझ ६:३० बजेदेखि सवारी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

अहिले त्यस क्षेत्रमा दुवैतिर सवारी रोकिएको छ । सुरक्षाकर्मीहरू रुख पन्छाउन खटिएका छन् । अहिले जिल्लाभर भारी वर्षा भइरहेको छ । वर्षासँगै चलेको हावाहुरीले रुख ढलेर सवारी अवरुद्ध भएको हो ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully