लामो दुरीका सवारीसाधन तीन दिनसम्म बन्द रहने

लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन आवतजावत आजदेखि तीन दिनसम्म बन्द गरिएको छ ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

Long distance vehicles will be closed for three days

काठमाडौँ — लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन आवतजावत आजदेखि तीन दिनसम्म बन्द गरिएको छ । सरकारले असोज १८, १९ र २० गते सवारी सञ्चालनमा रोक लगाएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढीपहिरो, डुबान र सम्भावित विपद्‌को कारण उल्लेख गर्दै सोमबारसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ । 

सोमबारसम्म यातायात व्यवसायीलगायत कसैले पनि अत्यावश्यकबाहेक लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले अनुगमन र निगरानी गर्न आग्रह गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतद्वारा जारी अत्यन्त जरुरी सूचनामा उल्लेख छ ।

Long distance vehicles will be closed for three days

कान्तिपुर संवाददाता

Link copied successfully