बाढी पहिरोमा फसेका नागरिकको उद्धारका लागि गृहले नेपाली सेनासहित निजी क्षेत्रलाई हेलिकोप्टर तयार राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
काठमाडौँ — गृह मन्त्रालयले उद्धारका लागि हेलिकोप्टर आवश्यक परे तत्काल सम्पर्क गर्न ७७ जिल्लाका प्रमुखहरूलाई निर्देशन जारी गरेको छ।
गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न भनिएको छ ।
बाढी पहिरोमा फसेका नागरिकको उद्धारका लागि गृहले नेपाली सेनासहित निजी क्षेत्रलाई हेलिकोप्टर तयार राख्न निर्देशन दिएको छ । गृहले दिउँसो ७७ जिल्लाकै सिडिओसँग छलफल पछि यस्तो निर्देशन जारी गरेको हो। गृहले सबै सिडिओ र सुरक्षा प्रमुखलाई कार्यालयमा २४ सै घण्टा उपलब्ध हुनसमेत निर्देशन जारी गरेको छ।
देशभर शुक्रबारदेखि सुरु भएको अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध हुनुका साथै मनसुनजन्य विपद्को अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले आठ बुँदे निर्देशन जारी गरेको हो ।
