सशस्त्र प्रहरीको सुरक्षा बेस भंगाहामा खटिएको टोलीले करिब ५० मिटर तलबाट जीप निकालेको थियो ।
काठमाडौँ — महोत्तरीको रातु खोलामा नेपाल टेलिकमको जीप खोलाले बगाएको छ । साँझ ५ बजेतिर जीप बगेपछि निकाल्न सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, खोलाले बगाएको जीप ६ बजेतिर एक्सकाभेटरको सहयोगमा निकालिएको छ । प्रदेश प्रदेश ३ ०१ ४५२७ नम्बरको जिप भंगाहा नगरपालिका ५ जमुनियाबाट बिर्तातर्फ जाने क्रममा खोलाले बगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
जिपमा चालक मात्र थिए । उनी सकुशल छन् । सशस्त्र प्रहरीको सुरक्षा बेस भंगाहामा खटिएको टोलीले करिब ५० मिटर तलबाट जीप निकालेको थियो ।
