सरकारले आयोगको सिफारिसमा ओलीसहित पाँच जनालाई विदेशसहित भ्रमणमा लगायो रोक

गृहले आयोगको सिफारिसअनुसार तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई राहदानी रोक्का गरेको छ । यसरी रोक्का गरिएको जानकारी अध्यागमन विभाग र अन्य निकायमा आजै पठाएको छ ।

आश्विन १२, २०८२

कान्तिपुर संवाददाता

On the recommendation of the commission, the government banned five people including Oli from traveling abroad

काठमाडौँ — गृह मन्त्रालयले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरुलाई विदेश जान रोक लगाइएको हो ।

त्यस्तै उनीहरुलाई अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाइएको छ । उनीहरु कुनै कामविशेषले जानु पर्ने अवस्था भएमा आयोगसँग अनुमति लिनुपर्ने छ । 

आयोगको सिफारिसमा टेकेर भर्खरै गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो । गृहले आयोगको सिफारिसअनुसार तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक,  गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई राहदानी रोक्का गरेको छ । यसरी रोक्का गरिएको जानकारी अध्यागमन विभाग र अन्य निकायमा आजै पठाएको छ । 

गत २३ भदौको जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियारहरु प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो । तर गृह मन्त्रालयले त्यतिबेला ‘जसरी पनि भीडलाई संघीय संसद् भवनतिर जान रोक्नु’ भन्ने निर्देशन दिएको थियो । त्यसपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले गोली चलाउन आदेश दिएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully