पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई कानुनविपरीत दिइएको सुविधा कटौती

कानुनबमोजिम बाहेक दिइएका सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा स्थगन गर्न अर्थ मन्त्रालयले शुक्रबार गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्रमार्फत निर्देशन दिएको छ ।

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

Reduction of benefits given to former political and administrative officials against the law

काठमाडौँ — अर्थ मन्त्रालयले पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीले प्रचलित कानुनविपरीत लिएका सुविधा कटौती गर्न निर्देशन दिएको छ ।

अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को असोज ५ मा भएको निर्णयबमोजिम सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गर्न/गराउन मन्त्रालयले भनेको छ ।

कानुनबमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न/गराउनका लागि अर्थ मन्त्रालयले शुक्रबार गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्रमार्फत निर्देशन दिएको हो ।

कान्तिपुर

Link copied successfully