राजनीतिक कनेक्सनका आधारमा सुशासनमा जुन अवरोध थियो, त्यो अब तोडिन्छ : गृहमन्त्री

गृहमन्त्री अर्यालले भने, 'राजनीतिक कनेक्सनका आधारमा यसअघि सुशासनमा अवरोध थियो । वित्तिय अपराध र भ्रष्टचारका विषयमा जुन खाले अवरोध आए। त्यो अब हामीले तोडनुपर्छ ।'

आश्विन १०, २०८२

कान्तिपुर संंवाददाता

The obstacle to good governance based on political connections will now be broken: Home Minister

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक सम्बन्धका आधारमा विगतमा भएका गल्तीहरू सच्याएर अघि बढ्नुपर्ने बताएका छन्।

शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री अर्यालले सरकार चुनाव गराउने दायित्वसहित आएको बताउँदै भने, 'सरकारको म्यान्डेन्ड सुशासन हो । सुशासन भएन भने शान्ति सुरक्षा हुँदैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र चुनाव पनि हुँदैन । त्यसैले सुशासन त हामीले दिनैपर्छ ।' 

उनले कुनै एउटा विषयमा मात्रै आफूले निर्देशन नदिने भन्दै सबै बिषय बुझेर मात्रै निर्णय गर्ने बताए । उनले अगाडि कसरी बढ्ने भन्ने विषयमा आफूले अपडेटहरू लिइरहेको समेत बताए । उनले सुशासन नभएकै कारण यसअघिका सरकारको म्यान्डेन्ड बीचमै भंग भएको बताए ।

'राजनीतिक कनेक्सनका आधारमा यसअघि सुशासनमा अवरोध आयो । वित्तिय अपराध र भ्रष्टचारका बिषयमा जुनखाले अवरोध आयो । त्यो अब हामीले तोडनुपर्छ,' उनको भनाइ छ।

कान्तिपुर संंवाददाता

Link copied successfully