तीन मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन

मन्त्रालयका विभाग, आयोजना तथा मातहतका कार्यालयमा सेवाग्राहीलाई काम पन्छाउने, घुसररिसवत माग्ने, अनावश्यक दुःख दिने, अपमानजनक व्यवहार गर्नेलगायतका गतिविधि भएमा सेवाग्राहीले प्रत्यक्ष गुनासो दिन सक्ने व्यवस्था मिलाइएको हो ।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

Operation of hotline numbers in three ministries

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याइएको छ ।

मन्त्रालयका विभाग, आयोजना तथा मातहतका कार्यालयमा सेवाग्राहीलाई काम पन्छाउने, घुसररिसवत माग्ने, अनावश्यक दुःख दिने, अपमानजनक व्यवहार गर्नेलगायतका गतिविधि भएमा सेवाग्राहीले प्रत्यक्ष गुनासो दिन सक्ने व्यवस्था मिलाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित गुनासोका लागि टेलिफोन नम्बर ०१–४२११५११ र हटलाइन नम्बर ११५१ प्रयोग गर्न सकिनेछ ।

यसैगरी सहरी विकास मन्त्रालयसम्बन्धी गुनासोका लागि टेलिफोन नम्बर ०१–४२०००१ प्रयोग गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी गुनासोका लागि ०१–४२११७२ मा सम्पर्क गर्न सकिने छ । तीनवटै मन्त्रालयमा गुनासो [email protected] पठाउन सकिनेछ ।

कान्तिपुर

Link copied successfully