प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खरेललाई प्रवक्ता तोक्ने निर्णय गरेको हो ।
काठमाडौँ — नेपाल सरकारको प्रवक्ताको जिम्मेवारीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई तोकिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खरेललाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । बैठकले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई पुरानै अवस्थामा फर्काउनेलगायत निर्णय गरेको सञ्चारमन्त्री खरेलले बताए ।
