‘माथिको निर्णयले होस् या तलको दबाबले अब नयाँ नेतृत्वमा हामी पुग्नैपर्छ ।’
काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मंसिर मसान्तभित्र नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशनबाहेक अर्को विकल्प नभएको बताएका छन् ।
‘विधानको धारा १७ (२) बमोजिम केन्द्रीय समितिले चहेमा बोलाउन सकिने प्रक्रियामा हामी महामन्त्रीद्वय लाग्नेछौं, त्यो हाम्रो जिम्मेवारी हो,’ शर्माले भने, ‘तर केन्द्रीय समितिले त्यो निर्णय नगर्ला कि भनेर चालिस प्रतिशत हस्ताक्षर जुटाउनतर्फ महाधिवेशन प्रतिनिधिहरु लाग्नुहुनेछ भने त्यसलाई कसैले पनि नकारात्मक रुपमा लिन मिल्दैन, माथिको निर्णयले होस् या तलको दबाबले अब नयाँ नेतृत्वमा हामी पुग्नैपर्छ ।’
