कारागारमा तोडफोड र आगजनीपछि विभिन्न कसुरका कैदी र अदालतमा मुद्दा विचाराधीन रहेका बन्दीहरु भागेका थिए ।
काठमाडौँ — गत २४ भदौमा नख्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी धर्मराज भण्डारीले शर्मालाई ललितपुरको सानेपाबाट बुधबार पक्राउ गरिएको जानकारी दिए ।
कारागारमा तोडफोड र आगजनीपछि विभिन्न कसुरका कैदी र अदालतमा मुद्दा विचाराधीन रहेका बन्दीहरु भागेका थिए ।
पक्राउ परेका शर्मालाई बुधबार नै नख्खु कारागार प्रशासनको जिम्मा लगाइएको डीएसपी भण्डारीले जानकारी दिए । शर्मा सहकारी ठगी अभियोगमा कारागारमा थिए ।
प्रदर्शनपछि जेल तोडेर अन्य कैदीबन्दीहरु भागसँगै शर्मा पनि फरार भएका थिए । नख्खु र केन्द्रीयसहित २८ कारागार र प्रहरी हिरासत कक्षबाट २४ भदौमा १४ हजार ४३ जना कैदीबन्दी र थुनुवा भागेकामा करिब ८ हजार जना पक्राउ परिसकेका छन् ।
