पौडेलले यसअघि ३३ किलो सुन प्रकरणको छानबिन समितिमा रहेर काम गरेका थिए ।
काठमाडौँ — काठमाडौंको नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा ईश्वरराज पौडेल आएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत पौडेललाई गृह मन्त्रालयले सरुवा गरी काठमाडौंको सीडीओको जिम्मेवारी दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पौडेललाई काठमाडौंको नयाँ सीडीओको रुपमा नियुक्त गरिएको जानकारी दिए । पौडेलले यसअघि ३३ किलो सुन प्रकरणको छानबिन समितिमा रहेरसमेत काम गरेका थिए ।
यसअघिका सीडीओ छविलाल रिजाललाई गृह मन्त्रालय फिर्ता बोलाइएको छ । भदौ २३ गतेको जेन-जी विद्रोहमा अत्यधिक बल प्रयोग गरेको भन्दै आलोचित रिजाललाई सरुवा गरिएको हो ।
