कान्तिपुर कार्यालय निरीक्षण गर्दै सञ्चारमन्त्री खरेलले भने – ‘निष्पक्ष छानबिन गराएर कारबाहीको दायरामा ल्याउन भरमग्दुर प्रयास गर्नेछु’
काठमाडौँ — सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कान्तिपुरमा भएको आगजनी र तोडफोड सम्पूर्ण सञ्चारजगत्माथिको आक्रमण भएको बताएका छन् । भदौ २४ को प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त तीनकुनेस्थित कान्तिपुरको कार्यालय मंगलबार निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।
कान्तिपुर पब्लिकेसन्स्मा भएको क्षतिप्रति दु:ख लागेको भन्दै मन्त्री खरेलले तोडफोड र आगजनीमा संलग्नलाई निष्पक्ष छानबिन गराएर कारबाहीको दायरामा ल्याउन भरमग्दुर प्रयास गर्ने बताए ।
