सहिद परिवार र घाइतेको राेजगारीकाे ग्यारेन्टी हुनुपर्ने, पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहालको घरमा भेटिएको भनिएको पैसाबारे उचित छानबिन गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।
काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरू यतिबेला गृह मन्त्रालय पुगेका छन् ।
प्रधानमन्त्री भेट्न जाने क्रममा सिंहरदबारमा प्रवेश नगराएको भन्दै पहिले उनीहरुले सिंहदरबार दक्षिणी ढाेका प्रदर्शन गरेका थिए ।
उनीहरूले सहिद परिवार र घाइतेको राेजगारीकाे ग्यारेन्टी हुनुपर्ने, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालको घरमा भेटिएको पैसाबारे उचित छानबिन गर्नुपर्ने माग राखेका छन् । उनीहरु करिब एक दर्जनको संख्यामा छन् ।
सहिद परिवार पनि राहत तथा सहायताबारे थप जानकारी लिन गृह मन्त्रालय पुगेका छन् ।
![Victims and Martyrs of Gen-Ji Movement at Ministry of Home Affairs [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/5518348841330344585335304707180764352802040n-2192025094952-1000x0.jpg&w=1001&h=0)