संविधान जनताले पटक-पटक गरेकोे क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको उपलब्धि हो : सभापति देउवा

संविधान मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप प्राप्त दस्तावेज भएको देउवाको भनाइ छ।

आश्विन ३, २०८२

रासस

The constitution is the achievement of the revolution, struggle and democratic movement made by the people time and time again: Speaker Deuba

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटक-पटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।

शुक्रबार संविधान दिवसका अवसरमा वक्तव्य जारी गर्दै सभापति देउवाले संविधान निर्माण र लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने सबै सहिदहरूको समर्पण र बलिदानको उच्च कदर गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले संविधान मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप प्राप्त दस्तावेज भएको बताए ।

सभापति देउवाले कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई संविधान घोषणा भएको स्मरण गर्दै यो संविधानले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको दाबी गरेका छन्।

उनले सबैको हक र अधिकार सुनिश्चित गरेको बताए। संविधान जारी भएको एक दशक पूरा भएको यो ऐतिहासिक दिनलाई सबैले गौरवसाथ स्मरण गर्दै हरेक नागरिकले आफू स्वतन्त्र र समान भएको महसुस गर्नुपर्ने बताए।

रासस

Link copied successfully