काठमाडौंका एसएसपी अधिकारी हेडक्वार्टर तानिए, सचिवालयका थापा परिसर प्रमुखमा सरुवा

जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग गरेको घटनामा एसएसपी अधिकारी विवादमा तानिएका थिए ।

आश्विन २, २०८२

कान्तिपुर संवाददाता

SSP officer of Kathmandu moved to headquarters, transferred to head of Thapa Complex of Secretariat

काठमाडौँ — गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानेर त्यहाँका एसएसपी रमेश थापालाई सरुवा गरेको छ ।

जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग गरेको घटनामा एसएसपी अधिकारी विवादमा तानिएका थिए । 

त्यसअघि सुरक्षा रणनीतिमा पनि परिसरले लापरबाही गरेको आरोप लागेको थियो । यसपछि गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई हेडक्वार्टर तानेर महानिरीक्षकको सचिवालयका थापालाई परिसर पठाएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully