फागुन २१ को चुनावका लागि तयारी सुरु भइसक्यो : आयोग

मनाङ प्रदेशसभा '२' मा भने कात्तिक १७ गते नै उपनिर्वाचन हुने

आश्विन २, २०८२

कान्तिपुर संवाददाता

Preparations for February 21 elections have started: Commission

काठमाडौँ — निवार्चन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक तयारी सुरु गरिसकेको जनाएको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालसँगको भेटमा आयोगका पदाधिकारीले निर्वाचनको तयारी थालिसकिएको बताएका हुन् । 

आयोगका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने कार्यविधि, निर्देशिका, मापदण्ड बनाउन र निर्वाचन सामग्री, बजेट र जनशक्ति व्यवस्थापनका योजना तर्जुमा गर्ने कार्य सुरु भएको छ । त्यस्तै फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभा सदस्य १९ सिटको निर्वाचन कानुनबमोजिम रिक्त हुनु भन्दा ३५ दिनअघि माघ १५ भित्र सम्पन्न गर्न आयोगको परामर्शमा सरकारले मिति तोक्नुपर्ने माग आयोगको छ । 

त्यस्तै आयोगले रुपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर ३ को कात्तिक १७ गते हुनेगरी तय गरिएको उपनिर्वाचन रद्द गरेको छ । मनाङ जिल्ला प्रदेश सभा क्षेत्र नम्बर २ को कात्तिक १७ गते हुनेगरी तोकिएको उपनिर्वाचन यथावत रहेको आयोगले जनाएको छ ।

कान्तिपुर

Link copied successfully