दाउन्ने खण्डको १४ किलोमिटर पार गर्न यात्रुले वर्षौंदेखि निकै सास्ती खेप्दै आएका छन् ।
परासी — पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडकखण्डअन्तर्गत विश्वकर्मा मन्दिरनजिकै सडक हिलाम्मे हुँदा यातायात एकतर्फी मात्र सञ्चालन भएको छ ।
निरन्तर वर्षापछि सडक हिलाम्मे र चिप्लो भएकाले मालवाहक गाडी उकालो उक्लिन सकेका छैनन् । जसका कारण घन्टौंदेखि यात्रु जाममा बस्नुपरेको छ ।
बिहान ७ बजेदेखि एकतर्फी भएपछि गाडीको लामो जाम लागेको छ । पश्चिमबाट पूर्व आउँदै गरेका ठूला गाडीलाई बर्दघाटमै रोकिएको छ ।
चिप्लो भएको ठाउँमा गिट्टी हालेर यातायातलाई सहज बनाउन लागिपरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपालले बताए । दाउन्ने खण्डको १४ किलोमिटर पार गर्न यात्रुले वर्षौंदेखि निकै सास्ती खेप्दै आएका छन् ।
