गाउँपालिका कार्यालय पुर्याई उनलाई अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।
संखुवासभा — जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका संखुवासभाको सिलिचोङ गाउँपालिका-३ लुकुवाका प्रविन कुलुङको बुधबार अन्त्येष्टि गरिएको छ । गाउँपालिका कार्यालय पुर्याई उनलाई अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।
गाउँपालिकाका प्रमुख भुपालराज मेवाहाङ, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकले श्रद्धाञ्जली दिएका हुन् ।
बुधबार हेलिकप्टरबाट कुलुङको शव पालिका पुर्याइएको हो । हेलिकप्टरबाट ताम्कुस्थित मकालु वरुण राष्ट्रिय निकुञ्ज पुर्याइएको थियो । त्यहाँबाट करिब ७ किलोमिटरको दूरीमा रहेको लुकुवा गाउँ पुर्याई उनको अन्त्येष्टि गरिएको हो ।
