पाँचथरमा चार जना कैदी पक्राउ

पक्राउ परेका चारै जनालाई पाँचथर कारागारमा राखिएको छ ।

भाद्र ३१, २०८२

लक्ष्मी गौतम

Four prisoners were arrested in Panchthar

पाँचथर — भदौ २४ गते विभिन्न कारागारबाट भागेका चार जना कैदी पाँचथरमा पक्राउ परेका छन् । 

पक्राउ परेकामध्ये काठमाडौँको नख्खु जेलबाट भागेका एक जना र सुनसरीको झुम्का कारागारबाट भागेका ३ जना रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डिएसपी) कौशल बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार नख्खुबाट भागेका कर्तव्य ज्यान मुद्दाका अभियोगी ३६ वर्षीय चन्द्र भन्ने विनय नेम्वाङसँगै झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाकै पाँचथर कुम्मायक १ का ४छ वर्षीय चन्द्रबहादुर तामाङ, जबरजस्ती करणी मुद्दाका अभियोगी पाँचथर तुम्वेवाका ४० वर्षीय गोपाल बोहरा र लागुऔषध मुद्दाका अभियोगी पाँचथर फिदिम नगरपालिका ५ का ३० वर्षीय मंगलसिंह तुम्वापो मंगलबार आ–आफ्ना घरबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका चारै जनालाई पाँचथर कारागारमा राखिएको छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully