९ घण्टादेखि दाउन्ने सडक अवरुद्ध

विश्वकर्मा मन्दिरनजिक सडक हिलाम्मे भएकाले गाडीको जाम दुम्कीबास र जंगलसम्म आइपुगेको छ ।

भाद्र ३१, २०८२

नारायण शर्मा

Down road blocked for 9 hours

नवलपरासी — वर्षापछि हिलाम्मे भएकाले पूर्व-पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ । दाउन्नेको विश्वकर्मा मन्दिरनजिक सोमबार रातिदेखि नै सडक अवरुद्ध भएको छ । 

स्थानीय बासिन्दा सुनिल खनालका अनुसार दुम्कीबासदेखि करिब ४ किलोमिटर पश्चिममा पर्ने विश्वकर्मा मन्दिरनजिक सडक हिलाम्मे भएकाले गाडीको जाम दुम्कीबास र जंगलसम्म आइपुगेको छ ।

प्रहरीले राजमार्ग खुलाउन ग्राभेल राख्ने र सम्याउने काममा सडक विभागका प्राविधिकलाई खटिएको जानकारी दिएको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully