अन्तरिम सरकार गठनको प्रस्ताव अघि सार्दै रास्वपाका सांसदले दिए सामूहिक राजीनामा 

प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न माग

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

The MPs of RSVP resigned en masse while advancing the proposal to form an interim government

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसदले समूहिक राजीनामाको घोषणा गरेका छन् । रास्वपाले अन्तरिम सरकार गठनको प्रस्ताव अघि सार्दै संसद्बाट राजीनामा दिने घोषणा गरेका हुन् ।

रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पाँच बुँदे माग अघि सार्दै रास्वपाका सांसदले सामूहिक राजीनामाको निर्णय लिएका हुन् ।

'वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै आगामी निकासका लागि शीघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गर्दै, सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको शिघ्र एवं निःशुल्क उपचारको पक्षमा रहँदै, देशको मुख्य सम्पति जेनजीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरूले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ,' अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

रास्वपाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा गर्नुपर्ने, घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, सर्वपक्षीय नागरिक सरकार गठन गर्नुपर्ने र प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । 

रास्वपाले संविधान संशोधन प्रक्रिया आरम्भ गर्न पनि माग गरेको छ ।  

The MPs of RSVP resigned en masse while advancing the proposal to form an interim government

कान्तिपुर

Link copied successfully