आइस्पानले सरकारलाई इन्टरनेट बन्द जस्ता निर्णय नगर्न आग्रह गर्दै उपभोक्ताको अधिकार र जीवनशैलीको रक्षा गर्न प्रतिबद्धता जनाएको छ।
काठमाडौँ — इन्टरनेट सेवा प्रदायकहरूले सञ्चार तथा स्वतन्त्रताको संवैधानिक अधिकारलाई कसैको इच्छाअनुसार नियन्त्रण गर्न नहुने र यो समाजको आधारभूत पक्ष भएको जनाएका छन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै सेवा प्रदायकहरूको छाता संगठन ‘आइस्पान’ले आफूहरू इन्टरनेट लगायतका सेवाहरू बन्द गर्न दिइने स्वेच्छाचारी आदेशको भागिदार बन्न नसक्ने र इन्टरनेटका माध्यमबाट उपभोक्ताहरूको अधिकार र जीवनशैलीको सुरक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
आफूहरूले डिजिटल नियमनसम्बन्धी विषयमा सरकारले लिँदै आएको सेवा बन्द गर्नेजस्तो कठोर कदम चाल्न नहुनेबारे बारम्बार सुझाव दिएको विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै आइस्पानले सरकारलाई भविष्यमा यस्ता किसिमका
पूर्णरूपमा सेवा बन्द गर्ने, पहुँच रोक्नेजस्ता निर्णय नगर्न र डिजिटल नीति निर्माणका लागि बहुपक्षीय छलफलको आयोजना गर्न आग्रह गरेको छ ।
