प्रधानसेनापति, मुख्यसचिव र प्रहरी महानिरीक्षकको अपील : सबैलाई संयमित हुन आग्रह

प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेकोले प्रदर्शनले जनधनको क्षति नगर्न सबैलाई संयमित रहन अपील जारी गरिएको छ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Appeal of the Commander-in-Chief, Chief Secretary and Inspector General of Police: Appeal to everyone to exercise restraint

काठमाडौँ — जेनजी आन्दोलनले मुलुकको अवस्था जटिल बनेको भन्दै प्रधानसेनापति अशोकराज सिग्देल, मुख्यसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृहसचिव गोकर्णमणी दुवाडीले सार्वजनिक अपील गरेका छन् । 

उनीहरूले सामूहिक अपील जारी गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा सबैलाई संयमित हुन आग्रह गरेका छन् ।

'हिजोदेखि काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ । यसबाट ज्यान गुमाउने व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली एवम् सम्बद्ध प्ररिवारजनमा गहीरो समवेदना व्यक्त गर्दछौं,' अपीलमा भनिएको छ, 'प्रधानमन्त्रीको राजीनामा स्वीकृतसमेत भएको हुँदा यस विषम् परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं ।'

मुलुकको पछिल्लो अवस्थाबारे संवादको माध्यमबाट निकास निकाल्नुपर्ने उनीहरूको अपील छ । 

Appeal of the Commander-in-Chief, Chief Secretary and Inspector General of Police: Appeal to everyone to exercise restraint

कान्तिपुर

Link copied successfully