कर्फ्यूपछि के–के गर्न पाइँदैन?

जिल्ला प्रशासनले बानेश्वर क्षेत्रका चार मार्गमा कर्फ्यु लगाएको छ, जसले आवतजावत र कुनै प्रकारको भेला वा सभा निषेध गरेको छ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

What can't be done after curfew?

काठमाडौँ — युवा पुस्ता (जेन–जी)हरुको आन्दोलन तनावग्रस्त हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रको चार ठाउँमा कर्फ्यु आदेश जारी गरेको हो । 

प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले जारी गरेको सूचनामा ‍बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजारसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुFदै रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु लगाइएको उल्लेख छ । 

कर्फ्युपछि के के गर्न पाइँदैन?

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु क्षेत्रमा कसैले आवतजावत गर्न नपाइने सूचनामा उल्लेख गरेको छ । त्यस्तै कुनै प्रकारको भेला, जुलुस प्रर्दशन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

What can't be done after curfew?

कान्तिपुर

Link copied successfully