माइतीघरबाट थापाथली, पुतलीसडक र बानेश्वरतर्फ जाने तीन वटै सडक जेन-जीले ढाकेका छन्।
काठमाडौँ — काठमाडौँको माइतीघरमा भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा भइरहेको प्रदर्शनका कारण माइतीघर-बानेश्वर सडक पूर्णरुपमा अवरुद्ध बनेको छ। माइतीघरबाट थापाथली, पुतलीसडक र बानेश्वरतर्फ जाने तीन वटै सडक जेन-जीले ढाकेका छन्।
ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारीले हजारौँको संख्यामा युवाहरु भेला भएको बताएका छन् । 'कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको छ,' उनले भने, 'उहाँहरुलाई आफ्ना माग राख्न कुनै अवरोध गर्नेछैनौं ।'
