नेपाल–चीन संयुक्त सैन्य अभ्यास काठमाडौंमा सुरु

सेनाले विविध विषयहरुमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मित्रराष्ट्रहरुका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आइरहेको छ ।

भाद्र २२, २०८२

विमल खतिवडा

Nepal-China joint military exercise started in Kathmandu

काठमाडौँ — नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच सञ्चालन हुँदै आइरहेको संयुक्त सैन अभ्यास ‘सगरमाथा फ्रेन्ड्ससीप’को पाँचौ संस्करण आइतबारबाट काठमाडौंमा सुरु भएको छ ।

भदौ ३१ गतेसम्म सञ्चालन हुने संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन, प्रतिआतंकवाद लगायतका विषयमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाले जनाएको छ ।

२०७४ सालबाट सुरु भएको अभ्यासको नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आइरहेको छ । सेनाले विविध विषयहरुमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मित्रराष्ट्रहरुका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आइरहेको छ । 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully