ओलीले भने- फरक मत भए समूहगत छलफलमै राख्नुस्

महाधिवेशनमा नेता कर्ण थापाले ३० पेजको फरक मत प्रतिनिधिहरूमाझ पुगेको छ। तर थापाले उक्त फरक मत प्रस्तुत गर्न पाएनन्। थापालाई फरक मत राख्न नदिएका ओलीले त्यस्तो फरक मत भए समूहगत छलफलमै राख्न निर्देशन गरेका हुन्।

भाद्र २१, २०८२

कान्तिपुर संवाददाता

Oli said - if there is a difference of opinion, keep it in the group discussion

What you should know

ललितपुर — नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फरक मत भए समूहगत छलफलमै राख्न पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। 

ललितपुरको गोदावरीमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमै राख्न उनको निर्देशन छ। \

महाधिवेशनमा नेता कर्ण थापाले ३० पेजको फरक मत प्रतिनिधिहरूमाझ पुगेको छ। तर थापाले उक्त फरक मत प्रस्तुत गर्न पाएनन्। थापालाई फरक मत राख्न नदिएका ओलीले त्यस्तो फरक मत भए समूहगत छलफलमै राख्न निर्देशन गरेका हुन्।

अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनको प्रस्तावमा समूहमै छलफल गर्न सकिने उल्लेख गर्दै हलमा अन्य प्रतिनिधले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न सबैमा आग्रह गरे। उक्त आग्रहप्रति हलमा तालीको समर्थन गरिएको थियो । अध्यक्ष ओलीसँग सहमति लिएर नेता थापाले आफ्ना मतहरु पर्चामार्फत् शुक्रबार हलमा वितरण गरेका थिए।

शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आफ्ना दस्तवेज प्रस्तुत गरेका थिए। दोस्रो दिन आज केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव वडालले आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए। ती सबै प्रतिवेदनमा छलफल गर्नका लागि गठित दश समूहले आज दिनभर छलफल गर्नेछन् ।

समूहको टोली नेताबाट हलमा हुने प्रस्तुतिका समयमा बहस नोटका लागि सचिव लेखराज भट्टको संयोजकत्वमा कमिटी बनाइएको छ । महाधिवेशन आइतबार सम्पन्न हुनेछ ।

कान्तिपुर

Link copied successfully