एमाले अध्यक्ष ओलीको दाबी : सरकारमा छौँ, धाँधली रोक्छौँ, ०८४ मा बहुमत ल्याउँछौँ

'मिसन ०८४ मा एकल बहुमत ल्याउँछौँ । जनताबीच गयौँ भने बहुमत ल्याउन कसैले रोक्न सक्दैन । सरकारमा भएर निर्वाचन धाँधली रोक्नेछौँ ।'

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

UML President Oli's claim: We are in the government, we will stop fraud, we will bring majority in 084

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले ०८४ को आम निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन् । शुक्रबार गोदावरीमा पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले सरकारमा भएकाले चुनावमा हुने धाँधली रोकेर बहुमत ल्याउने दाबी गरेका हुन् । 

ओलीले भने, 'मिसन ०८४ मा एकल बहुमत ल्याउँछौँ । जनताबीच गयौँ भने बहुमत ल्याउन कसैले रोक्न सक्दैन । सरकारमा भएर निर्वाचन धाँधली रोक्नेछौँ ।' ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने पनि दाबी गरे । एमालेलाई  ध्वस्त गर्दिन्छौँ भन्नेहरू भए पनि जनताको समर्थनका कारण आफूहरू निर्णायक शक्ति बनेको ओलीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully