'हामी नेपाली जनताप्रति ऋणी छौँ । इमान्दार छौँ । एमालेलाई ध्वस्त गर्छौँ भने पनि नेपाली जनताले हामीलाई साथ दिएका छन् । निर्णायक मजबुत शक्तिमा रहेको छ त्यसैले एमालेले सरकारको नेतृत्वमा छ ।'-अध्यक्ष ओली
काठमाडौँ — एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू नेपाली जनताप्रति ऋणी भएको बताएका छन् । शुक्रबार गोदावरीमा पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई ध्वस्त गर्दिन्छौँ भन्नेहरू भए पनि जनताको समर्थनका कारण आफूहरू निर्णायक शक्ति बनेको बताएका हुन् ।
'हामी नेपाली जनताप्रति ऋणी छौँ । इमान्दार छौँ । एमालेलाई ध्वस्त गर्छौँ भने पनि नेपाली जनताले हामीलाई साथ दिएका छन् । निर्णायक मजबुत शक्तिमा रहेको छ त्यसैले एमालेले सरकारको नेतृत्वमा छ,' अध्यक्ष ओलीले भने ।
त्यस्तै उनले माधवकुमार नेपालहरूप्रति इंगित गर्दै आधा हिस्सा चाहियो भन्नेहरूको पार्टी नभएको बताए । उनले अगाडि भने, 'पार्टी आधा चाहियो भनेहरूको यो पार्टी थिएन । नेतृत्वप्रतिको विश्वास पुनर्गठनका बेला देखाउनु पऱ्यो। महिला दिदीबहिनीको पार्टी जोगाउन बढी योगदान छ। पुरुषको योगदान छैन भनेको होइन ।'
उनले पार्टीका पुराना नेताहरू हराएको पनि बताए । उनले भने, 'मुर्धन्य नेताहरू कुहिराको कागजस्ता भए । नेता कहाँ पुगे । आदोलन हाँक्न सकिन्छ भन्ने विश्वास छ । म केही भइहाले पनि तपाईंले पार्टी अघि बनाउनुहुन्छ ।'
