आज देशभरको मौसम बदली हुने पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर मौसम बदली हुने जनाएको छ।

भाद्र २०, २०८२

रासस

The weather is expected to change across the country today

काठमाडौँ — मौसमविद्हरूले आज देशभरको मौसम बदली हुने पूर्वानुमान गरेका छन्। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतथा बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

रासस

Link copied successfully