संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध

सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाको मात्रै उम्मेदवारी परेको छ ।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Khatiwada is unopposed as the Chairman of the Parliamentary Hearing Committee

काठमाडौँ — संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित हुने भएका छन् ।

सुनुवाइ समितिको सभापतिमा खतिवडाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध हुने भएका हुन् । सुनुवाइ समितिको शुक्रबार ५:१५ बजेको बैठकमा खतिवडालाई सर्वसम्मत सभापति घोषणा गर्ने तयारी भइरहेको छ । 

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सभापतिमा खतिवडाको मात्रै उम्मेदवारी परेको जानकारी दिएका छन् । 

खतिवडा यसअघि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति थिए । उनले निजामती सेवा सम्बन्धी विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियडमा छलफल भएपछि पदबाट राजीनामा गरेका थिए । 

सुनुवाइ समितिको सभापतिमा यसअघि कांग्रेसकै ईश्वरी न्यौपाने थिइन् । उनले राजीनामा गरेर राज्यव्यवस्था समिति सभापति बनेकी छन् । 

Khatiwada is unopposed as the Chairman of the Parliamentary Hearing Committee

कान्तिपुर

Link copied successfully