सामाजिक सञ्जाल प्रतिबन्ध लगाएपछि बास्कोटाको आक्रोश - सरकारले उत्तर कोरिया बनाउने भएछ

'विकृति अन्त्य गर्न सूचनामा बिर्को लगाउने हैन'

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

Baskota's outrage after banning social media - the government will make North Korea

काठमाडौँ — एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले सामाजिक सञ्जाल नियमन गर्नुको सट्टा प्रतिबन्ध लगाउने कार्य सरकारबाट भएको भन्दै विरोध जनाएका छन् । 

सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जाललाई नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि बास्कोटाले विरोध जनाएका हुन् । सामाजिक संजालमार्फत उनले विकृतिको अन्त्य गर्ने गलत बाटो अपनाएको लेखेका छन् । 

बास्कोटाको भनाइ छ, 'नियमन प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेको थिएँ मैले । तर सरकारले नर्थ कोरिया (उत्तर कोरिया) पो बनाउने भएछ । विकृति अन्त्य गर्न सूचनामा बिर्को लगाउने हैन नि !,' बास्कोटाले भनेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully