गृह मन्त्रालयद्वारा प्रहरी महानिरीक्षक थापाको बिदाइ

प्रहरी महानिरीक्षक थापाले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन् ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

Farewell to Inspector General of Police Thapa by Ministry of Home Affairs

काठमाडौँ — सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दिपक थापालाई गृह मन्त्रालयले बिदाइ गरेको छ । १९ भदौ (भोलि बिहीबार) बाट अनिवार्य अवकाशमा जान लागेका थापालाई बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायतका अधिकारीले बिदाइ गरेका हुन् ।

प्रहरी महानिरीक्षक थापाले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन् । थपा अवकाशमा जाने भएपछि १३ भदौको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्र कुँवेर खापुङलाई महानिरीक्षकमा नियुक्ति गरिसकेको छ । २०५२ भदौ १९ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थापा २०८१ चैतमा महानिरीक्षकमा बढुवा भएका थिए । थापा करिब साढे ५ महिना प्रहरी नेतृत्वमा रहे । 

बिदाइ कार्यक्रममा गृहमन्त्री लेखकले सेवानिवृत्त पछिको बाँकी जीवनको शुभकामना दिएका थिए ।

गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुव्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवा निवृत्त हुन लागेकोमा थापालाई बधाई दिँदै सेवानिवृत्त जीवनको शुभकामना दिएका थिए । त्यस क्रममा प्रहरी महानिरीक्षक दिपक थापाले आफूले पाएको जिम्मेवारी इमानदार, पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको बताए । उनको बिदाइका लागि आजै केन्द्रीय प्रहरी कार्यालय नक्सालले पनि कार्यक्रम आयोजना गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully